Social StudiesNEB — CLASS 12
Social Studies
Model Question
Answer each question in your own words as far as practicable. The figures in the margin indicate full marks.
सबै प्रश्नको उत्तर दिनुहोस् । (Attempt All Questions)
Time : 3 hrsPass Marks : 27Full Marks : 75
1.
जीवनोपयोगी शिक्षाको अर्थ एक वाक्यमा लेख्नुहोस् ।
[1] 2.
पूर्वीय चिन्तन अन्तर्गतका कुनै दुई परम्पराको नाम लेख्नुहोस् ।
[1] 3.
तपाईको कुनै लेख, रचना चोरी भएकोमा तपाईले गर्ने कुनै दुई
कार्यहरू उल्लेख गर्नुहोस् ।
[1] 4.
तपाईलाई मन पर्ने एउटा विषयवस्तुको अनुसन्धान शीर्षक तयार पार्नुहोस् ।
[1] 5.
नेपाल संवत कहिलेदेखि सुरु भयो ? वि.सं. मा लेख्नुहोस् ।
[1] 6.
तपाईको विद्यालयमा कुनै दृष्टि विहीन साथी छन् ।
तपाईँ उहाँलाई कसरी सहयोग पुर्याउनु हुन्छ ?
कुनै दुई बुँदा लेख्नुहोस् ।
[1] 7.
नेपालमा सूचनाको हकको कार्यान्वयन सम्बन्धमा राष्ट्रिय सूचना
आयोगका प्रमुख आयुक्तलाई सोध्न सकिने दुईवटा प्रश्नावलीको
नमूना तयार पार्नुहोस् ।
[1] 8.
शहरीकरणका कुनै दुईवटा आयामहरू प्रस्तुत गर्नुहोस् ।
[1] 9.
आर्थिक विकास र आर्थिक वृद्धिबीचको एक भिन्नता लेख्नुहोस् ।
[1] 10.
तपाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री हुनु भयो भने
देशको व्यापार घाटा न्यूनिकरण गर्न तपाईले अपनाउने दुई उपाय लेख्नुहोस् ।
[1] 11.
समावेशी शिक्षाको अर्थ एक वाक्यमा स्पष्ट पार्नुहोस् ।
[1] 12.
(क)
तपाईले आफ्नो जाति, समुदाय अन्तर्गत सामाजिक संरचना अध्ययन
अनुसन्धान गर्दै हुनुहुन्छ भने सोको लागि प्रस्तावनाको
आवरण पृष्ठ तयार पार्नुहोस् ।
Or
(ख)
सामाजिक समस्यासम्बन्धी कुनै शीर्षक तयार पारि सो शीर्षक
अन्तर्गत गरिने अनुसन्धानका कुनै चार उद्देश्यहरू प्रस्तुत गर्नुहोस् ।
[5] 13.
नेपालमा सामाजिक रूपान्तरणका लागि भएका कुनै पाँच प्रयासहरू
स्पष्ट पार्नुहोस् ।
[5] 14.
तपाईको क्षेत्रमा बाढी, पहिरो जस्ता विपद् आएका बेलामा उद्धार
एवं सुरक्षित कार्य गर्न जनसहभागिताका लागि के गर्न सकिन्छ ?
कार्य सूची तयार पार्नुहोस् ।
[5] 15.
वि.सं. २००९ देखि २०७९ सम्मको अवधिलाई संक्रमणकालीन अवधि
मानिन्छ, किन ? विश्लेषण गर्नुहोस् ।
[5] 16.
सामाजिक समावेशीकरणका सकारात्मक प्रभावहरू उल्लेख गर्नुहोस् ।
[5] 17.
तपाईं किशोर वा किशोरीको रूपमा आफ्नो परिवारमा पालना गर्नु पर्ने
कुनै पाँचवटा कर्तव्यहरू छोटकरीमा वर्णन गर्नुहोस् ।
[5] 18.
साइँसराइबाट पर्ने वातावरणीय चुनौतीहरू विश्लेषण गर्नुहोस् ।
[5] 19.
(क)
शैक्षिक विकासले सामाजिक रूपान्तरणमा सघाउँछ ।
उदाहरणसहित पाँच बुँदामा स्पष्ट पार्नुहोस् ।
Or
(ख)
शिक्षाको क्षेत्रमा समुदायले कस्ता कुराहरूमा सहभागिता
जनाउन गरेका छन्, उदाहरण सहित स्पष्ट पार्नुहोस् ।
[5] 20.
समालोचनात्मक चिन्तन र सिर्जनात्मक चिन्तनबीचको अन्तर
सम्बन्ध विश्लेषण गर्नुहोस् ।
[8] 21.
(क)
प्रादेशिक अन्तर सम्बन्धका आयामहरू स्पष्ट पार्नुहोस् ।
Or
(ख)
सूचना प्रविधिको कारणले तपाईं हाम्रो जीवन र समाजमा कस्ता
अनुकूल वा प्रतिकूल परिवर्तन ल्याएका छन्, उदाहरण सहित वर्णन गर्नुहोस् ।
[8] 22.
गरीबी निवारणका लागि अवलम्बन गर्नुपर्ने रणनीति, कार्यक्रम
र अपेक्षित उपलब्धि समेटी राष्ट्रिय योजना आयोगमा पेश गर्ने
योजनाको ढाँचा तयार पार्नुहोस् ।
[8]