NEB Students
Social Studies

NEB — CLASS 11

Social Studies

Model Question

Answer each question in your own words as far as practicable. The figures in the margin indicate full marks.

सबै प्रश्नको उत्तर दिनुहोस् । (Attempt All Questions)

Time : 3 hrsPass Marks : 27Full Marks : 75
1.

जीवनोपयोगी शिक्षा भनेको के हो ?

[1]
2.

सामाजिक अध्ययन र सामाजिक विज्ञानबिचको कुनै एक भिन्नता लेख्नुहोस् ।

[1]
3.

तनावमा परेको नजिकको साथीलाई तनाव व्यवस्थापन गर्ने कुनै एक सुझाव दिनुहोस् ।

[1]
4.

परियोजना कार्य गर्ने सिलसिलामा समुदायका व्यक्तिहरूसँग कसरी कुराकानी सुरु गर्नुहुन्छ ? एक वाक्यमा लेख्नुहोस् ।

[1]
5.

आधुनिक मानवको पूर्खा कसलाई मानिन्छ ?

[1]
6.

तपाईं बस्ने पर्यावरणीय क्षेत्रमा अनुकूलन हुन तपाईंले गर्नुभएका कुनै दुईओटा कार्यहरू लेख्नुहोस् ।

[1]
7.

नेपालको प्रतिनिधि सभाको निर्वाचनको लागि कस्तो निर्वाचन प्रणाली अवलम्बन गरिएको छ ?

[1]
8.

जनसाङ्ख्यिक लाभांश भनेको के हो ? एक वाक्यमा लेख्नुहोस् ।

[1]
9.

विप्रेषणले नेपालको अर्थतन्त्रमा पारेको कुनै दुई प्रभाव लेख्नुहोस् ।

[1]
10.

विपद् जोखिमका दृष्टिकोणमा तपाईं रहेको बस्ती कस्तो प्रकारको बस्ती हो ? यदि जोखिमयुक्त भएमा यस्ता जोखिमबाट सुरक्षित गर्ने कुनै एक उपाय लेख्नुहोस् ।

[1]
11.

आहार र स्वस्थ जीवनबिचको सम्बन्ध एक वाक्यमा प्रस्ट पार्नुहोस् ।

[1]
12.

वड फाइल (Word file) मा टाइप गर्दादेखि प्रिन्ट गर्दासम्म तपाईं कुन कुन चरणहरू पूरा गर्नुहुन्छ ? लेख्नुहोस् ।

[5]
13.
तपाईंले परियोजना कार्य पूरा गर्नुपर्ने अवस्थामा समूह नेताको हैसियतले समूहलाई कसरी परिचालन गर्नुहुन्छ ?

14.

ढुङ्गे युगको जीवन पद्धतिलाई पाँचओटा बुँदामा उल्लेख गर्नुहोस् ।

[5]
15.

जीवनशैलीको आधारमा मानव र वातावरणबिचको सम्बन्ध व्याख्या गर्नुहोस् ।

[5]
16.

मध्यकालीन एसियामा आर्थिक उतारचढाव थियो । यस भनाइलाई पुष्टि गर्नुहोस् ।

[5]
17.

छुवाछुत विरुद्ध जनचेतना जगाउनुपर्छ भन्ने सन्देश दिँदै सम्पादकीयको नमूना तयार पार्नुहोस् ।

[5]
18.

बस्तीको परिचय दिँदै ग्रामीण बस्तीका कुनै चार प्रमुख विशेषताहरू उल्लेख गर्नुहोस् ।

[5]
19.

देशको आर्थिक विकासमा सरकारी, निजी र सहकारीसम्बन्धी तिन खम्बे आर्थिक नीतिले कसरी सहयोग पुऱ्याउँछ ?

[5]
20.

नेपालको संसदीय निर्वाचनमा समानुपातिक प्रतिनिधित्व प्रणालीको व्यवस्था गरिएको छ । यसले संविधानमा तोकिएका लिङ्ग, वर्ग, क्षेत्र र समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सकेको छ, छैन ? समीक्षा गर्नुहोस् ।

[5]
21.
आमजनतामा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पुऱ्याउन राज्यले गरेका प्रयासहरूको समीक्षा गर्नुहोस् ।

22.

तनाव र द्वन्द्वबिचको सम्बन्ध उल्लेख गरी द्वन्द्व रूपान्तरमा तनाव व्यवस्थापनले कसरी भूमिका खेल्न सक्छ । उदाहरणसहित पुष्टि गर्नुहोस् ।

[8]
23.

मानव समाज विकासको क्रममा पशुपालन तथा कृषि युगको सुरुआतको कारण उल्लेख गर्दै यस युगका विशेषताहरू चर्चा गर्नुहोस् ?

[8]
24.
नेपाली समाजमा जात प्रथाले उब्जाएका समस्याहरू पहिचान गर्दै यसका समाधानका उपायहरू उल्लेख गर्नुहोस् ।

25.

मितव्ययी जीवन शैलीका लागि तपाईंले के कस्ता व्यावहारिक अभ्यासहरू गर्नुभएको छ ? कुनै आठओटा व्यावहारिक अभ्यासहरू उल्लेख गर्नुहोस् ।

[8]