सामाजिककरणका कुनै दुई तत्त्वहरूको नाम लेख्नुहोस् ।
NEB — CLASS 10
Social
Model Question
Answer each question in your own words as far as practicable. The figures in the margin indicate full marks.
सबै प्रश्नको उत्तर दिनुहोस् । (Attempt All Questions)
मानव विकास सूचकाङ्कबाट कुनै पनि देश विकासको वास्तविकता थाहा पाउन सकिन्छ, कसरी ? एक वाक्यमा लेख्नुहोस् ।
हाम्रो समाजमा प्रचलित प्रथासंग सम्बन्धित अन्धविश्वासको एक उदाहरण लेख्नुहोस् ।
घरेलु हिंसा नियन्त्रण गर्न उपयुक्त हुने एक सन्देशमूलक प्लेकार्डको नमुना तयार पार्नुहोस् ।
जनमत सङ्ग्रहलाई किन प्रजातान्त्रिक प्रक्रिया भनिन्छ ? एक वाक्यमा लेख्नुहोस् ।
दोस्रो जनआन्दोलनको प्रमुख उपलब्धि केलाई मान्नुहुन्छ ? आफ्नो धारणा एक वाक्यमा लेख्नुहोस् ।
जीवन बिमाको अर्थ एक वाक्यमा लेख्नुहोस् ।
वैदेशिक रोजगारमा गएका तपाईंका आफन्तले विदेशमा कमाएर पठाएको विप्रेषण रकमलाई कसरी सदुपयोग गर्न सुझाव दिनुहुन्छ ? कुनै एक सुझाव उल्लेख गर्नुहोस् ।
सूचना तथा सञ्चार प्रविधिको महत्त्व बारे एक वाक्यमा लेख्नुहोस् ।
‘सोचमा विश्वव्यापीकरण काममा स्थानीयकरण’ भन्ने भनाइको पक्षमा आफ्नो तर्क एक वाक्यमा दिनुहोस् ।
समुदायको स्वास्थ्यमा सुधार गर्न तपाईंको समुदायले गरेको कुनै एक कार्य लेख्नुहोस् ।
“हाम्रो राष्ट्रिय गानमा नै झल्किएको छ हाम्रो पहिचान” यस भनाइलाई तर्कसहित पुष्टि गर्नुहोस् ।
दिगो विकासको आर्थिक, सामाजिक महत्त्व चार बुँदामा उल्लेख गर्नुहोस् ।
तपाईंले अन्तर्राष्ट्रिय व्यक्तित्वको जीवनीबाट प्राप्त गर्नुभएको प्रेरणालाई आफ्नो जीवनमा कसरी प्रयोग गर्नुहुन्छ ? लेख्नुहोस् ।
विश्वमा विश्वबन्धुत्व र मानवता कसरी अभिवृद्धि गर्न सकिएला ? आफ्ना विचारहरू बुँदागत रूपमा उल्लेख गर्नुहोस् ।
नेपालमा बढ्दो भ्रष्टाचारको प्रवृत्तिले समाजमा पारेको प्रभाव चार बुँदामा विश्लेषण गर्नुहोस् ।
सङ्घीय कार्यपालिका र न्यायपालिकाको अन्तरसम्बन्ध दर्शाउनुहोस् ।
‘हावापानीले सामाजिक जनजीवनमा प्रभाव पार्दछ ।’ आफू बसोबास गरेको भौगोलिक क्षेत्रको उदाहरणबाट चार बुँदामा स्पष्ट पार्नुहोस् ।
“संयुक्त राष्ट्र सङ्घका समसामयिक चुनौती” शीर्षकमा एक दैनिक पत्रिकामा प्रकाशनार्थ सम्पादकीयको नमुना तयार पार्नुहोस् ।
नेपालको पहाडी तथा मध्य पहाडी क्षेत्रमा सडक यातायात तथा भौतिक पूर्वाधारको विकास भएता पनि बसाइँसराइको प्रवृत्ति नरोकिनुका कारणहरू चार बुँदामा उल्लेख गर्नुहोस् ।
सङ्घीय शासन प्रणालीमा शक्ति पृथकीकरण र शक्ति सन्तुलनको आवश्यकता पहिचान गर्नुहोस् ।
पृष्ठभरि नेपालको नक्सा बनाई निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरी भर्नुहोस् :
(क) कञ्चनजङ्घा हिमाल
(ख) मधेस प्रदेश
(ग) नारायणी नदी
(घ) खप्तड राष्ट्रिय निकुञ्ज
पृष्ठ भरिने गरी दक्षिण अमेरिका महादेशको नक्सा बनाई उपयुक्त सङ्केतको प्रयोग गरी निम्न तथ्यहरू भर्नुहोस् :
(क) एन्जल झरना
(ख) अमेजन नदी
(ग) पाटागोनिया मरुभूमि
(घ) उरुग्वे
दक्षिण अमेरिका महादेशको भौतिक, आर्थिक तथा सामाजिक अवस्थाको सम्बन्धमा उल्लेख गर्नुहोस् ।
दोस्रो विश्वयुद्धपछि देखिएका प्रभावहरूको सम्बन्धमा स्पष्ट पार्नुहोस् ।
‘नेपालमा पर्यटनको सम्भावना र यसको महत्त्व’ शीर्षकमा दुई साथीबिच संवाद तयार पार्नुहोस् ।